काठमाडौँ, २२ फागुन । सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्दैछ ।
नेकपाका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो ४:०० बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।
सो बैठकमा आइतबारदेखि सुरु हुने प्रतिनिधिसभा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।