आज काठमाडौँसहित गण्डकीका पाँच जिल्लामा बत्ती जाने

काठमाडौँ, २२ फागुन । काठमाडौँ उपत्यका केही ठाउँसहित उपत्यकाका बाहिरका मुख्य सहरमा आज फिडर लाइन सटडाउन गरिने भएको छ ।

काठमाडौँको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटललगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैँसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खोकना फिडरअन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ ।

भरतपुर महानगरका केही ठाउँ र विराटनगर महानगरको वडा २, ३, ४, ८ र ९ मा बत्ती जाने भएको छ । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज तीन घण्टा बिजुली नआउने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १ सय ३२ केभीको एक्सटेन्सन कार्यका लागि विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021