मेलम्चीको पानी आज काठमाडौँ उपत्यकामा झर्दै: प्रधानमन्त्री ओलीले अवलोकन गर्ने

काठमाडौँ, २२ फागुन । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौँ उपत्यकामा झर्दैछ । शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।  

‘उपत्यकावासीलाई खुसीको खबर छ । शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार राति नागरिकसँग भने । उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले बताए ।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो । आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।  

आयोजनाका कार्यकारी निर्देशक खत्रीका अनुसार शुक्रबार साँझसम्म मुहानस्थल हेलम्बु, अम्बाथानबाट सुरुङमार्गमा पठाएको पानीले १९ किलोमिटर पार गरिसकेको छ । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ । अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्रालो झर्छ । त्यसपछि एक किमि उकालो चढेर फेरि ओह्रालो हुँदै सुन्दरीजल पुग्छ । ‘सबैभन्दा होचो सुरुङ अम्बाथान–सुन्दरीजलमा पानीको सतह १० मिटर जमेको छ,’ खत्रीले भने ।  

शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ । सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले जनाए । उनका अनुसार सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो । तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ। त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३