प्रचण्ड-माधव समूहका नेता ठमेलबाट पक्राउ

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसर काठमाडौँको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो । ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गरिने प्रहरीले जनाएको छ । ०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो । सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायका फैसला गरेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपलिका स्थायी घर भएका गौतम मजदुर राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड