आज जुन र घामको भेट भएको छ: महासचिव विप्लव

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

आज राष्ट्रियसभामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरेका छन् । उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले सहमतिपत्रलाई जुन र घामको भेटसँग तुलना गरेका छन् । उनले भने, “एउटा गीत छ यो कस्तो प्रेम भयो जुन र घामको जस्तो भन्ने आज त्यस्तै भएको छ, हामी त्यस्तै भएका छौँ आज जुन र घामको भेट भएको छ ।”

कार्यक्रममा बोल्दै विप्लव’ले विदेशी वा अन्य कुनै प्रकारको हस्तक्षेप सह्य नहुने बताएका छन् । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन्  । उनले भने, “हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ ।”

उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने बताए । जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021