प्रधानमन्त्री ओली र विप्लवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन ।

आज बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् ।

सरकार र विप्लव समूहबीच हिजो मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो । उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021