इटालीले रोक्यो अस्ट्रेलिया निर्यात हुने कोरोना खोप

एजेन्सी, २१ फागुन । इटालीको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ ।

यससँगै इटालीमा बनेको दुई लाख ५० हजार डोज कोरोना खोप निर्यात रोकिनेछ । युरोपेली संघ (ईयू)ले आफ्ना सबै सदस्य राष्ट्रलाई पर्याप्त मात्रामा खोप उपलब्ध गराउन निर्यातमा कडाइ गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार खोप निर्यातमा रोक लगाउने इटाली पहिलो मुलुक हो ।

अस्ट्रेलियाले इटालीले कोरोना खोप रोक्दैमा आफ्नो खोप कार्यक्रम प्रभावित नहुने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो निर्णयमा युरोपेली आयोगले पनि साथ दिएको छ । एस्ट्राजेनेकाले ईयूका सबै मुलुकमा मार्च महिनाभित्र ४० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोना खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021