जर्मनीमा लकडाउनको समय फेरि थप

बर्लिन, २१ फागुन । जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।  सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् ।  अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । तर कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ । चान्सलर एङजेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टा पछि लकडाउनको समयावधि थप्ने  निर्णय भएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको समयावधि थप गर्नु पर्ने निश्कर्षमा सबै जना पुगेको अधिकारीहरूले जनाएका छन् । महामारी फैलिने क्रम चलिरहेकाले जनजीवन सामान्य हुन अझै केही समय लाग्ने देखिएको उनीहरूको भनाइ छ । जर्मनीमा कोरोन भाइरसका कारण बिहीबार मात्रै नौ हजार १९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २० लाख ४६ हजार पुगेको छ ।  त्यसैगरी पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमित भएका ४१८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७० हजार ८८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  रासस/एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021