घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

काठमाडौँ, २१ फागुन । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ ।

घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ ।

आगामी २ महीनासम्ममा प्रतिवेदन तयार पार्ने गरी मन्त्रालयले विभिन्न अवधारणामा गृहकार्य गरिरहेको छ । सरकारले आफ्नै कम्पनी बनाउने, निजी–सरकारी साझेदारी ९पीपीपी० अवधारणामा काम गर्ने अथवा कुनै मार्गदर्शन बनाएर निजीक्षेत्रलाई नै कारोबार गर्न दिने भन्ने तीनओटा अवधारणामा छलफल भएको र यसको मोडालिटी स्पष्ट पार्ने काम भइरहेको छ । त्यसपछि मात्रै कुन मोडालिटीमा यसको कारोबार हुने भन्ने निक्र्योल हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मुलुकभर हुने घरजग्गाको कारोबारमा पारदर्शिता, जवाफदेही र यसको कारोबार गर्नेलाई जिम्मेवार बनाउने नै मुख्य लक्ष्य रहेको बताए । ‘अहिले जुन किसिमका ठगीका कारोबार, राजस्व छलीजस्ता अवैध काम गरिएको देखिन्छ,’ जोशीले भने, ‘त्यसलाई व्यवस्थित गर्न औपचारिक संस्था स्थापनाको आवश्यकता देखिएको हो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

काठमाडौँ, ३१ भदौ । गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021