नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ, २१ फागुन । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि  इन्टरनेट  सुविधा  प्रयोग  गर्न  पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार  फिटमाथिको  नेपाली  आकाशमा  विदेशी जहाजहरूले  इन्टरनेट  प्रयोग  गर्न  पाउने  गरी खुला गर्ने तयारी गरेकोे हो ।

प्राधिकरणका  अध्यक्ष  पुरुषोत्तम  खनालका अनुसार  नेपाल  नागरिक  उड्डयन  प्राधिकरणको सहमति  प्राप्त  विदेशी  एयरलाइन्सले  आफ्ना यात्रुलाई   यस्तो   सुविधा   उपलब्ध   गराउन सक्नेछन् ।  “उड्ययन  प्राधिक्णबाट  सहमति ल्याउने   विदेशी   एय्लाइन्सलाई   हामी   ‘नो अब्जेक्सन’ दिन्छौँ”, उनले भने । 

विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी  प्रस्ताव  यति  बेला  प्राधिकरणको बोर्डमा  प्रस्तावित  छ ।  बोर्डबाट  उक्त  प्रस्ताव पारित  हुनासाथ  जहाजमा  इन्टरनेट  प्रयोग  गर्न पाउने  सुविधा  खुला  हुनेछ ।  “अब  छिटै  यस्तो सुविधा  दिने  गरी  तयारी  भइरहेको  छ”,  उनले भने ।  यो  प्रक्रियामा  प्राधिकरणको  भूमिका ‘नो अब्जेक्सन’ दिनेमा हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको