‘आँधी तुफान २’ को घोषणा

काठमाडौँ, २० फागुन । निर्देशक मदन घिमिरेद्वारा निर्देशित ‘आँधी तुफान २’ निर्माण हुने भएको छ । मौनता श्रेष्ठद्वारा लिखित आँधी तुफान आगामी चैतको दोस्रो साताबाट निर्माण शुरु गरिने भएको छ ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र निर्माण गरिने जनाइएको छ । छाँयाकार रामशरण उप्रेती रहेको चलचित्रमा संगितकार सुरेश अधिकारी रहनुभएको छ । गितकार हरी उप्रेती र दिनेश सुवेदीको रहने भएको छ भने स्वर रानी शाक्य, नृत्य कमल राई, एक्सन प्रेम चुल्ठे, ड्रेस डिजाईनर क्षितिज शाक्य, सहायक निर्देशक विश्व जंग माझी रहनुभएको छ ।

चलचित्रमा कलकारहरु मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पुनम गौतम, शान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी विसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ तथा अरुण कालिराज (वालकलाकार) को अभिनय रहने भएको छ ।

वितरक एफ डि कम्पनी रहेको उक्त चलचित्रमा पोष्ट प्रोडक्सन ग्लेज इन्टरनेशनल, निर्माण निमन्त्रणा नारायण चालिसे, मेक अप रवी केसीको रहने भएको छ ।

घोषणा कार्यक्रममा बोल्दै दर्जनौं चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक घिमिरेले चलचित्र सामाजिक विषयवस्तुलाई समेटेर एक्सन ओरेण्टेड हुने जानकारी गराउनुभयो । समाजमा रहेका विकृति तथा विसंगतिलाई उजागर गर्ने कथावस्तुमा आधारित रहेको जानकारी गराउँदै निर्देशक घिमिरेले ‘आँधी तुफन २’ ले नेपालमा खस्कदो चलचित्रको क्षेत्रलाई अगाडी बढाउन एउटा इटा थप्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021