मध्यपुर थिमीमा ‘सांसद विकास कोष’ अन्तरगतका १२ आयोजनाको निर्माण कार्य तिव्र

भक्तपुर, २० फागुन । प्रतिनिधिसभाका सांसदहरुले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रम अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका अन्तरगतका १२ वटा आयोजनाहरुको निर्माण कार्यले व्यापकता पाएको छ ।

राष्ट्रिय राजनीतिका कारण केही अलमलमा परेता पनि प्रतिनिधिसभाको पुनस्र्थापनासँगै आयोजनाको निर्धारित लक्ष्य अनुसार काम अगाडी बढेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघिय सांसद महेश बस्नेतद्वारा आफ्नो क्षेत्रको विकासमा कोषको रकम प्रयोग गर्नुभएको हो ।

विकासको पर्यायवाची नामको रुपमा परिचित हुनुभएका सांसद बस्नेतको क्षेत्र अन्तरगत थिमी र सूर्यविनायक नगरपालिका रहेको छ । जसमा सांसद कोष अन्तरगतको चार करोडको रकममा सूर्यविनायक र मध्यपुरमा दुई दुई करोडको योजना छनौट गर्नुभएको थियो । योजनालाई दिगो, प्रभावकारी, स्थायीत्व तथा निर्धारित समयमा नै सम्पन्न गराउन सांसद बस्नेतले आयोजना मूल्याङ्कन तथा अनुगमन समितिहरु समेत गठन गर्नुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७/०७८ को मध्यपुर थिमी नगरपालिकामा विनियोजित रु २ करोड बराबरका तपसिलका योजनाहरु द्रुत गतिमा अगाडी बढेका छन् । सांसद बस्नेतद्वारा शिलान्यास गरी सबै योजनाहरु एकैसाथ शुभारम्भ गरिएको छ ।

१. दिव्यश्वरी गणेश मार्ग स्तरोन्नती वडा नं १ – २०,०००००
२. चेतनसिल सामुदायिक भवनको बाँकी काम पुरा गर्ने वडा नं २– १०,०००००
३. सानो थिमी वन कार्यालय पछाडि सामुदायिक भवन निर्माण वडा नं २ – १०,०००००
४. गठ्ठाघर सागबारी मार्ग स्तरोन्नती वडा नं ३ – २०,०००००
५. लायाकु भैल तथा इन्द्रायणी मन्दिर परिसर पूर्बाधार निर्माण वडा नं ४ – २०,०००००
६. लिप्चा गणेश पार्टी पुनस्निर्माण वडा नं ५ – २०,०००००
७. पार्टी विहारमा अनागरिका भवनको बाकीँ काम पुरा गर्ने वडा नं ७ – २०,०००००
८. नगदेश सांस्कृतिक प्रदेश द्वारको बाकीँ काम पुरा गर्ने वडा नं ७ – १०,०००००
९. खपलामा प्रवेश द्वार निर्माण वडा नं ९ – २०,०००००
१०. देवुबाट कातिग: जाने बाटो स्तरोन्नती वडा नं ८ – २०,०००००
११. वोडे सहयोग टोलबाट पश्चिम मनोहरा खोला जाने सडक स्तरोन्नती वडा नं ८ – ११,४०,०००
१२. गोपाल मार्ग धुन्छे गहिरो सडक निर्माण वडा नं ७ –१५,०००००

उक्त आयोजनाहरुको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा करिव ६ अर्व रकम बराबरको रकम पार्न सफल भएको जानकारी गराउनुभयो । आफु निर्वाचनको समयमा जनताप्रति गरेको प्रतिवद्धता अनुसारको कार्यहरु तीन वर्षमा नै पुरा गरिसेको उल्लेख गर्दै उहाँले अबको दुई वर्ष भक्तपुरको विकासमा बोनसको रुपमा काम हुने बताउनुभयो । सडक, शिक्षा, ढल, खानेपानी, पुल लगायतका कार्यहरु व्यापक मात्रामा जनचाहना अनुसार भइरहेको दावी गर्नुभयो ।

सरकारले जनमूखी काम गरेकै कारण नेपाल विकासन्मुख राष्ट्रको रुपमा स्तरउन्ती भएको बताउँदै उहाँले जनता खुसी हुनु नै मुलुकको समृद्धि भएको बताउनुभयो । शिक्षा, स्वार्थ, रोजगारीलगातका कुराहरु जनताको लागि पुरा गर्नु नै जनताको समृद्धि प्रतिको सपना पुरा भइरहेको उल्लेख गर्दै विश्वकै तुलनामा हेर्ने हो भने भक्तपुरवासी जनता खुसी भएको बताउनुभयो । कुनै पनि आयोजना संचालन गर्दा जनताको हित विपरित कुनै पनि गतिविधि नहुने उल्लेख गर्दै उहाँले जनताको समस्या नै आफ्नो समस्या भएकाले समस्या समाधन गर्न कुनै कन्जुस्याई नहुने प्रतिवद्धता पुनः दोहोर्याउनुभयो ।

सरकारले भक्तपुरका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै सांसद बस्नेतले मनोहरा कोरिडोर अबको दुई वर्षभित्रमा निर्माण सम्पन्न भइसक्नेसमेत जानकारी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही समयमा नै मुलुकभर १३ वटा स्मार्ट सिटीको सिलान्यास गर्नुहुने जानकारी गराउँदै उहाँले देशकै सवैभन्दा ठूलो स्मार्ट सिटी भक्तपुरमा नै बन्ने भएकाले जनताको विकासप्रतिको सपना पुरा हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021