स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन  भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिएका हुन् ।

स्वास्थ्य केन्द्र  नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र  निर्माण  गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य  केन्द्र निर्माणको काम भइरहेको छ । अर्थ मन्त्रालयले  यस्ता स्वास्थ्य केन्द्र  निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

अर्थ  मन्त्रालयका प्रवक्ता  सुमन  दाहालले  चालू आर्थिक  वर्ष  २०७७/७८  मा  स्वास्थ्य केन्द्र  निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि  दुई  अर्ब  ६९  करोड  रुपियाँ  निकासा भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021