काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो भिडियोलाई इडिट गरी जनतामा भ्रम छर्ने कार्यलाई व्यापक बनाएका छन् ।
सत्यतालाई छोप्दै नक्कली तथा पार्टीभित्र सामान्य विवाद उब्जदै गरेका कतिपय भिडियोहरुलाई एक पछि अर्को गर्दै सामाजिक सञ्जालमा माधव–प्रचण्डका कार्यकर्ताहरुले भाइरल बनाउने कार्यलाई तिव्रता दिइएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको समेत पछिल्लो केही दिनमा माधव–प्रचण्ड समूहका अराजक तत्वहरुले बैशाख १५ गते (विगत १० महिना अघिको भिडियो) जनता टेलिभिजमा दिएको अन्तरवार्तालाई हाललको भनि झुट प्रचार गरीरहेको पाइएको छ ।
बैशाखमा नेता बस्नेतले पार्टीलाई एकतावद्ध बनाउन विभिन्न समयमा विशेष भूमिका निर्वाह गरेका पनि उक्त कुरा हाल आएर असफल भएको छ । पार्टीलाई एकतावद्ध बनाउनु नेता बस्नेतले महत्वपूर्ण प्रयास गर्नुभएको थियो । मुलुक र जनताको विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउन नेता बस्नेतले नेकपा एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । सोही क्रममा पार्टीलाई एकताबद्ध बनाउन बैशाख १५ गतेको अन्तरवार्तालाई हाल आएर प्रचण्ड–माधव समूहका अराजक झुण्डहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेतृत्वलाई नकरात्मक भनेको भनि भिडियो इडिट गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै नेता बस्नेतले बताउनुभयो ।

२४ मिनेट ५६ सेकेण्डको अन्तरवार्तामा रहेको थियो । बैशाख १५ गते जनता टेलिभिजनमा सांसद बस्नेतले दिनुभएको अन्तरवार्ताको बीच भागको दुई मिनेट ४१ सकेण्डको भिडियोको अंश निकाली भ्रममा पार्न खोजिएको उहाँले गुनासो गर्नुभयो । उक्त अन्तरवार्ताको भिडियोको केही अंशमात्र निकाली आम नेपाली जनता तथा कार्यकर्तालाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।
सांसद बस्नेतको राष्ट्रिय राजनीतिमा पहुँच वा प्रभाव उच्च रहेको भनि प्रचण्ड–माधव समूहले गरिएको गलत प्रचारबाट समेत प्रमाणित भएको छ । आफ्नो राष्ट्रिय राजनीति तथा जनता प्रतिको विश्वास, भरोसा तथा अपार सद्भावलाई सामाजिक सञ्जालको दुरुपयोग गरी माधव–प्रचण्ड समूहका कार्यकर्ताले केही अंश मात्र निकालि नेतृत्व प्रति अविश्वास पैदा गराउन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।
सामाजिक सञ्जालमा भिडियो इडिट गरी प्रचार गरीएको
केपी प्रचंड र माधव लाई महेश बस्नेत को चेतावनी, पार्टी एकता बचाउन ,
Posted by Kajibasnet on Sunday, February 28, 2021
उहाँले उक्त अन्तरवार्तामा आफु पार्टीलाई मिलाउन कुनै पनि पदको लोभमा नभई जानत तथा पार्टीको पक्षमा रहेको समेत स्पष्ट पार्नुभएको । पदभन्दा ठूलो पार्टी एकता रहेको उहाँको तर्कलाई बङ्ज्ञाउँदै पदको लागि कुनै प्रकारको गठबन्धन गर्नु नहुने उहाँको तर्क रहेको छ ।
सांसद बस्नेतले विगतदेखीको माधव–प्रचण्डको पार्टीभित्रको गतिविधि जनतामूखी नभएको स्पष्ट पार्नुभयो । आफ्नो स्वार्थ र गुटवन्दीलाई पस्रय दिन सामाजिक सञ्जालको दुरुपयोग गरी माधव–प्रचण्डका केही अराजक झुण्डहरुले आफुलाई बदनाम गराउने घृणित प्रयास गरेको भन्दै नेता बस्नेतले आम नेपाली जनता तथा नेकपाका कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।
तत्कालिन समयमा नेकपा फुट्नु हुँदैन कुनै पनि हालतमा जुट्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको र आगामी दिनमा समेत समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्ता प्रधानमन्त्री केपी ओली नेतृत्वमा गोलबन्द भई अगाडी बढ्नु उत्तम हुने उहाँले दृढता व्यक्त गर्नुभयो ।
नेता बस्नेतको राष्ट्रिय राजनीतिमा खेलेको अग्रणी भूमिका, अग्रसरता तथा सक्रियताबाट प्रचण्ड–माधव समूहलाई तगारो बनेको समेत स्पष्ट देखिएको छ । सोही तगारोलाई तोड्न भ्रमको खेती भएको नेता बस्नेतले बताउनुभयो । ‘भ्रमको आयु छोटो हुन्छ’ उहाँले भन्नुभयो, ‘माधव–प्रचण्ड समूहका केही अराजक तत्वहरुले मैले बैशाख १५ गते जनता टेलिभिजनमा दिएको अन्तरवार्ता केही अंश निकालेर भ्रम गर्न खोजिँदैछ । म लगायत केही अन्य साथिहरुले उक्त समयमा पार्टीलाई फुटबाट जोगाउन खेल्नुभएको भूमिका महत्वपूर्ण थियो । पार्टी एकता कायम तथा एक ढिक्का बनाइ राख्न मध्यस्तताको कुरालाई ट्वीस गरी वास्तविकता लुकाउन खोजिएको छ । त्यो सरासर झुट तथा भ्रामक छ । आम नेपाली जनता तथा नेकपाका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दैछु ।’