वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताको साथ लिइन्छः प्रधानमन्त्री ओली

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरूको साथ लिएर बनाउने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने प्रतिवद्धता जनाउनुभयो । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइन । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होईन, वैज्ञानिक नीति हुनुप¥यो । दिगो वन विकास नीति हुनुप¥यो । प्रतिफल दिने विकास नीति हुनुप¥यो । र यो कुरा के भने हामी नीतिहरु बनाउँदा तपाईंहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउँछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादि सबैकुरा जनताको साथ लिएर बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले बताउँदै उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021