भारतका २२ राज्यमा कोरोना संक्रमण बढ्यो

एजेन्सी, १८ फागुन । भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।

 १० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।

भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५६३ जना नयाँ संक्रमित फेला परेका छन् । यसक्रममा ११ हजार ९९० जना संक्रमित निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १.११ करोड बढी संक्रमित भइसकेका छन् । यसमध्ये १.०७ करोड निको भएका छन् । १.५७ लाख जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।