बेलायतमा कोरोनाविरुद्धकाे खोपले बिरामी हुने दर ८० प्रतिशतले घट्याे

एजेन्सी, १८ फागुन । बेलायतलमा कोरोनाविरुद्धको खोपले कोरोनाबाट बिरामी हुने दर कारण ८० प्रतिशतभन्दा धेरै घटेको पाइएको छ ।

बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएकाे अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ ।

बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको तेश्रो अथवा चौथो हप्तापछि सङ्क्रमण वा जटिल बिरामी हुने जोखिम कम भएको देखिएको हो । बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड, एष्ट्राजेनिका र फाइजर बायोएनटेकले उत्पादन गरेका खोपको पहिलो डोज लगाएका ८० वर्षमाथिका व्यक्तिमाथि अध्ययन गरिएको बीबीसीले जनाएको छ।

दुवै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्राे डोजपछि जोखिम अझै घट्ने देखिएको बेलायती स्वास्थ्य विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक