काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी लैंगिक हिंसाजन्य’ टिप्पणीले यतिबेला विवादमा तानिएका छन् ।
पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिकरुपमा ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेका छन् । उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिंडुला देखाएको भरमा’ संसद बनेको दावी गरे ।
उनले भनेका छन्, ‘महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो… केरे… कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन् ।’
पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै लेखेकी छन, ‘हामीले नेता मानेका रघुजी पन्त कति नीच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ ।’