‘विश्व शान्ति स्यांक्चुरी’को वेबसाइट सार्वजनिक

काठमाडौँ, १५ फागुन । विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ ।

आज बिहान लुम्बिनीमा एक कार्यक्रमबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन (स्यांक्चुरी) सम्बन्धी वेबसाइट सार्वजनिक गरिएको हो ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको पिस स्यांक्चुरी विश्वकै ठूलो शान्ति-स्मारक हो । सभामा बोल्दै श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने बताए । वेभसाइट सार्वजनिक कार्यक्रममा चर्चित व्यवसायीहरू प्रसिद्ध बहादुर पाण्डे, ध्रुव कुमार श्रेष्ठ, शंकर घिमिरेलगायत उपस्थित थिए ।

www. peacesanctury. org नामको उक्त वेबसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।