चराको एउटै शरीरमा आधा भाले र आधा पोथी !

अमेरिकामा  आधा भाले  र  आधा पोथीको  स्वरूप  भएको  चरा  भेटिएको  छ  ।  

चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन् । उनले फेला पारेको त्यस चराको  फोटोले  यतिबेला  विश्वभरका  संरक्षणकर्मीको  ध्यान तानेको छ । 

उनले  विगत  ४८  वर्षदेखि  चराको  अध्ययन  गरिरहेका छ । पछिल्लो समय  काठ  फोरुवा  लहाँचे चराको खोजीमा रहेका उनीले  दुई  लिङ्गी  भएको  चरासँगको  साक्षात्कार  हुँदा  लहाँचे  भेटिए जत्तिकै  खुसी  व्यक्त गरेका छन् । 

एउटै  शरीरमा  भाले  र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ  ।  आफूले  लाखौँ चराको अध्ययन  गरे  पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले  बताएका छन् ।  

चरा  भेटिएपछिको  आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ