महेन्द्र शान्ति मावि बालकोटलाई नेपाल टेलिकमको फर्निचर उपहार

भक्तपुर, १४ फागुन । सुर्यविनायक नगरपालिकाको उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि बालकोटलाई नेपाल टेलिकमले कार्यालय फर्निचर उपहार दिएको छ । महेन्द्र शान्तिमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको समाजको अगुवाईमा विद्यालयलाई ति फर्निचर उपहार दिईएको हो ।

उपहार दिइएका फर्निचरहरुमा ३ थान स्टिल दराज, ५ थान अफिस टेबुल, १५ थान कुर्सीका साथै शिक्षक र विद्यार्थीको सिकाईको लागि नेपाल टेलिकमको निःशुल्क सियुजी मोवाइल सिम र एकथान मोवाइल रिचार्ज स्टेशन समेत छ । टेलिकमको सियुजी सिम भने केही दिनभित्रै विद्यालयमा पठाईदिने नेपाल टेलिकमका प्रवन्धक सरोज शाक्यले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष कमलनाथ आचार्यको उपस्थितिमा नेपाल टेलिकमका प्रवन्धक शाक्यले ती फर्निचर विद्यालयमा विहीबार आयोजित एक समारोहमा विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्की, एवम् पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री र भोला सिंह सिलवाल तथा महेन्द्र शान्ति पुर्व विद्यार्थी समाजका अध्यक्ष बाबुराजा महर्जनका साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता थियो ।

हस्तान्तरण समारोहमा प्रधानाध्यापक थापाले विद्यालयको वर्तमान शैक्षिक अवस्थाबारे प्रकाश पार्नुभयो भने व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष आचार्यले सहयोगी दातालाई धन्यवाद दिनुभयो । पुर्व विद्यार्थी समाजका अध्यक्ष महर्जन तथा नेपाल टेलिकमका प्रवन्धक शाक्यले विद्यालयको प्रगतीको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सहयोगले निरन्तरता पाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका सह—प्रधानाध्यापक रामचन्द्र भट्टराई तथा टेलिकमका सरोज कुमार ढुंगानाले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै