इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

जाकार्ता, १३ फागुन । इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ । 

राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो । देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उहाँले बताउनुभयो । यो क्रम केही समय चलिरहने उहाँको भनाइ छ । 

देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ । “शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो,” राष्ट्रपति विडोडोले भन्नुभयो । 

इन्डोनेसियामा आमरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो । इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड