आगामी निर्वाचनमा प्रम ओली नेतृत्वको नेकपा ‘सुनामी’ ल्याउँछः सांसद पहारी

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले आगामी दुई वर्ष पछि हुने निर्वाचनमा मुलुकभर आँधीवेरी सिर्जना गर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघको पहिलो पूर्ण बैठकलाई आज काठमाडौँमा सम्बोधन गर्दै सांसद पहारीले मुलुकभर प्रधानमन्त्री केपी ओलीको पक्षमा व्यापक जनलहर बढेर गएको सविस्तार प्रस्तुत गर्दै आगामी निर्वाजनमा ओली नेतृत्वको नेकपाले सुनामी नै ल्याउने उद्घोष गर्नुभयो । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूह निर्वाचनपछि जनताले टर्च लाइट बालेर खोज्ने अवस्थामा पुर्याइदिने उल्लेख गर्दै निर्वाचनपछि माधव–प्रचण्डलाई जनताले खरानी बनाइदिने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीको कदम अदालतले केही समेय छेक्न सक्ला तर आगामी निर्वाचनमा आँधीवेरी सिर्जना गर्छौ । माधव–प्रचण्ड समूहमा नेता क्षणीकमात्र हुनेछन् । हजार वटा स्यालको बथानले एउटा सिंहलाई लछार्न सक्दैन, सत्यलाई छेक्न सक्दैन । माधव–प्रचण्ड समूहमा भएको समस्याले केही समयपछि क्रमिक रुपमा प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको मुल पार्टी नेकपामा नै फर्केर आउनु हुनेछ । हामी स्वागत गर्न तयार भएर बसेका छौं ।’

युवा संघको विगत गर्विलो, वर्तमान अन्त्यन्त गतिशिल, भविष्य अत्यन्त उज्वल रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन विभिन्न गतिविधिहरु युवा संघले विगतदेखी वर्तमान र भविष्यमा पनि निरन्तर गर्नेमा विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रिय युवा संघ नेपालका अध्यक्ष समेत रहनुभएका सांसद पहारीले राष्ट्रियता, स्वाधिनता, राष्ट्रिय अखण्डता, लोकतन्त्रको मुद्धा, जनजीविकाको मुद्धा, युवाहरुको मुद्धालाई स्थापीत गर्ने नेतृत्व युवा संघले गरेको स्मरण गर्नुभयो ।

माधव–प्रचण्डलाई माकुरा तथा प्रधानमन्त्री केपी ओलीलाई हात्तीको रुपमा तुलना गर्दै उहाँले माकुराको जालोले हात्तीलाई छेक्न नसक्ने ठाकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘माकुराको जालोले हात्तीलाई छेक्न सक्दैन । दुई वर्षपछि हुने निर्वाचनमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले दुई तिहाई जनमतका साथ समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउँछ ।’

माधव–प्रचण्डलाई लक्षीत गर्दै सांसद पहारीले पार्टीलाई कमजोर बनाएर सडकबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री नहुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई कमाइखाने भाँडो, अराजकताको खेल तथा सांसद किनबेचको रुपमा प्रयोग हुन नदिने उद्घोषका साथ प्रतिनिधिसभा विघटन गर्नुभएको तर अदालतले रोकेकोमा उहाँले सत्यको जीत तथा जनताको फैसला अपरिहार्यता भएको बताउनुभयो ।

मुलुक तथा युवाहरुको स्वप्नाद्रष्टा, युगपुरुष तथा राजनेता केपी ओलीको कार्यकर्ताहरु अदालतको फैसलाबाट कत्ति पनि विचलित नहुने स्पष्ट पार्दै सांसद पहारीले युवाहरुमा विचार, सिद्धान्त र दृष्टिकोण हुनुपर्नेमा जोड दिनुभयो । एक घर एक युवा संघको सदस्यता बनाउने अभियान चलाउनुपर्ने उल्लेख गर्दै उहाँले पदिय जिम्मेवारीमा अन्यायमा परेका युवालाई भोलीका दिनमा समेट्दै लैजाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक