काठमाडौँ, १२ फागुन । नेकपाका प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेका छन् ।
प्रचण्ड र नेपालले देउवालाई बूढानीलकण्ठस्थित निवासमै भेटेर मिल्ने प्रस्ताव राखेका हुन् । देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार देउवाले बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनपछिको अबको रणनीतिबारे छलफल गर्न देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकमा छलफलपछि प्रचण्ड-माधवको प्रस्तावबारे धारणा आउने कांग्रेसले जनाएको छ ।