काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको दलालीहरुको विजयोत्सव पानीको फोका जस्तै छिट्टै फुट्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताको भुमरीबाट बचाउन तथा सवैभन्दा ठूलो अदालत जनतालाई समर्पित गरी प्रतिनिधिसभा विघटन गर्नुभएको उल्लेख गर्दै ताजा जनादेशमा जानु नै सार्वभौम जनताको अधिकार भएको उल्लेख गर्नुभयो । जनताको सार्वभौम अधिकारलाई कुण्ठीत गर्दै सर्वोच्च अदालतले संसद विघटनको विषयलाई दवावमा परेर देश र सजनताको आकाक्षा र भावना विपरित निर्णय गरेको बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै भन्नुभएको छ, ‘संविधानको सर्बोच्चता र कानुनी राज्य नै हाम्रो मुल मान्यता हो । त्यसैले सर्बोच्च अदालत प्रती हाम्रो सम्मान छ । तर यति बेला सबोच्च अदालत दवावमा परेर देश र जनताको आकांक्षा र भावना बिपरित निर्णय गरे पनि स्विकार्य छ तर सम्मानयोग्य र स्वागतयोग्य छैन भन्ने निकट भविष्यमा समयले पुष्टि गर्ने नै छ । अदालतको बेञ्चमा ५ जना बसेर गरेको निर्णय भन्दा करोडौं जनताको निर्णय नै अन्तिम निर्णय हो । त्यसैले यो देश र जनता विरोधी निर्णयलाई जनताको अदालतमा पुनरावेदन गर्नुपर्छ र जनताको बिचमा जानू पर्छ । हामीलाई थाहा छ केही मुट्ठिभर मान्छेहरु देश र जनताको बिरुद्धमा लागिरहनेछन् र जनताको अदालतबाट हामीले तिनलाई परास्त गरिरहनेछौं । दलालहरुले अहिले देश र जनताले हार्दा विजयोत्सव मनाउनु स्वभाबिक हो तर यिनिहरुको यो खुशी पानीको फोका जस्तै छिट्टै फुट्नेछ ।
अब आगामी दिनका हरेक घटना र परिघटनाले राजनेता केपि ओलिको कदमको औचित्य पुष्टि गर्दै जानेछन् । त्यसैले सम्पूर्ण साथिहरुलाई दृढतापुर्वक अगाडि बढ्न अनुरोध गर्दछु । राजनेता केपी ओली प्रती थप सम्मान बढेको छ र उहांको कार्यकर्ता भएकोमा गौरव महशुस भएको छ ।’