नयाँ सत्ता समीकरणमा कांग्रेसको भूमिका महत्वपूर्ण

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नमिल्दा र प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन नसक्दा नयाँ सत्ता समीकरणको लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । नेकपाको दुवै समूहले यसअघि नै कांग्रेससँग मिलेर अघि बढ्न सक्ने संकेत गरिसकेका छन् ।

प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट छ । यसमा दुई सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टी (जसपा)सँग ३४ सांसद छन् । यसमा दुई जना निलम्बनमा छन् । गएको पुस ५ मा ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर यसबीचमा केही सांसद ओलीतिर लागेका छन् । अहिले नेकपासँग सभामुखसहित १ सय ७३ जना सांसद छन् । ओलीसँग ८१ र वामदेव गौतमतिर दुई जना सांसद छन् । अविश्वासको प्रस्तावको सामाना गर्न ओलीलाई ८१ जना सांसद पर्याप्त हुँदैन । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग ९० र ओलीसँग ८१ सांसदको हिसाब गर्ने हो भने दुवै समूहलाई सरकार बनाउन कांग्रेसको साथ चाहिन्छ, जसपासँग मात्रै मिलेर समीकरण बन्ने सम्भावना छैन ।

कांग्रेसको देउवा समूह ओलीसँग नजिक देखिए पनि पौडेल समूह र जसपाका नेताहरु भने ओलीसँग गठबन्धन गर्न नहुने पक्षमा छन् । यसो हुँदा नेकपाको प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्ने सम्भावना देखिन्छ । तर कांग्रेसका केही नेताहरुले भने प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नेकपाभित्रको झगडा मिल्ने र उसकै नेतृत्वमा सरकार बन्ने ठानेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको