काठमाडौँ, १२ फागुन । विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नेकपामा प्रवेश गरेका छन् ।
हर अबस्थामा पार्टी निर्माण र बिस्तारमा सक्रिय अध्यक्ष ओली नेतृत्वको नेकपामा जनता समाजवादी पार्टी (जसपा) र माओवादी परीत्याग गरी तीन जना नेकपा प्रबेश गरेका हुन । प्रवेश गर्नेहरुमा शिव प्रसाद कलवार (माओवादी नेता कपिलवस्तु), दिनेश जैसवाल (जसपा युवा केन्द्रीय सदस्य) र अब्दुल शाह नबाब (जसपा युवा केन्द्रीय सदस्य) रहेका छन् ।
नेकपाभित्र आन्तरिक कलह व्यापक मात्रामा बढिरहेको समयमा पनि प्रधानमन्त्री ओली प्रति जनताको आशा र विश्वास बढ्दै गएको पार्टी प्रवेशको लहरले बुझन सकिन्छ । पछिल्लो समय जसपाबाट मात्रै करिव डेढ दर्जनभन्दा बढी केन्द्रीय नेताहरु प्रधानमन्त्री ओली निकट नेकपामा प्रवेश गरिसकेका छन् ।