डिजिटल सिकाइ अभियान

तनहुँ, १२ फागुन । जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मङ्गलबारदेखि थालिएको हो । उक्त अभियानको नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । नगरप्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताए । भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताए । स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा यस  कार्यक्रम सञ्चालन गरिनेछ । अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताए । 

उक्त प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइनेछ । उनले भने, “मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापनलगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।” यस कार्यक्रमका लागि व्यास नगरपालिकाबाट रु चार लाख, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट रु तीन लाख ५० हजार सहयोग रहेको छ । जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको उनले बताए । व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको सो संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका चार माध्यमिक विद्यालयमा आइसिटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मावि छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021