प्रचण्ड-माधव समूहका दुई जिल्ला सचिवद्वारा जिम्मेवारी अस्वीकार

काठमाडौँ, ११ फागुन । नेकपा प्रचण्ड-माधव समूहका दुई जना सचिवले जिम्मेवारी अस्वीकार गरेका छन् ।

नेता हिमाल शर्मा काठमाडौँ जिल्ला कमिटीको सचिवको जिम्मेवारीमा नबस्ने भएका हुन । तत्कालीन माओवादी केन्द्रको काठमाडौँ जिल्ला कमिटी अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा आफूले सचिवको जिम्मेवारी स्वीकार गरे पनि पुनः त्यही जिम्मेवारीमा नरहने बताए ।
प्रचण्ड-माधव पक्षीय नेकपाले काठमाडौँसहित ६८ जिल्लाको अध्यक्ष र सचिव तोकेकोमा शर्मालाई पुनः सचिवको जिम्मेवारीमा राखिएको छ । शर्मा सग्लो नेकपाको पनि काठमाडौं जिल्ला सचिव थिए ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ७ फागुनमा गरेको हस्ताक्षर सर्कुलरमा बसन्त मानन्धरलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । मानन्धर पूर्व एमाले समूहका हुन्। सग्लो नेकपामा कृष्ण राई अध्यक्ष थिए । हाल उनी केपी ओली पक्षतिर लागेका छन् । शर्माले काठमाडौंका हकमा सर्कुलर अन्तिम नरहेको समेत दावी गरे । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका शर्मा अखिल (क्रान्तिकारी)को अध्यक्ष र त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति समेत भएका थिए ।

त्यस्तै भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गरेका छन् । उनी पार्टी एकीकरणपछि साबिक माओवादीबाट सचिव थिए । अध्यक्ष प्रेमकुमार राई ओली पक्षमा लागेपछि प्रचण्ड-माधव पक्षले साबिक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर खड्कालाई सचिवमै कायम राखेको थियो । उनले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु