आयोगद्वारा निर्वाचनको तयारी तिव्रः निर्वाचन सामग्री किन्दै (सूचनासहित)

काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट नेपाल टेलिकमले नगद लाभांश प्रस्ताव गरेको छ । प्रतिशेयर ४० रुपैयाँका

काठमाडौँ, १९ फागुन । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई दीर्घकालिन पुनर्स्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन

काठमाडौँ, १९ फागुन । युवाहरुलाई विकास र समृद्धिको लागि देशभित्रै योग्यता र क्षमताको आधारमा स्थापीत गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी अंगालेको राष्ट्रिय

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021