बागमती गाउँपालिकाको आठौं गाउँसभाद्वारा एक दर्जन कानुन पारित

ललितपुर, ११ फागुन । ललितपुरको बागमती गाउँपालिकाको आठौं गाउँ सभाले एक दर्जन कानुन पारित गरेको छ । गाउँपालिकामा आवश्यक पर्ने विभिन्न कानुनका विधेयकलाई गाउँसभामा सभाका सदस्यहरुले दफावार छलफल गरी पारित गरेको हुन् ।

गाउँसभाले टोल विकास संस्था कार्यविधि, व्यवसाय कर सम्बन्धी कार्यविधि, स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको संरक्षित वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि, गाउँपालिकाको वातावरण संरक्षण नियमावली गाउँसभाले पारित गरेको हो ।

त्यस्तै बागमती गाउँपालिकाको क्षेत्रभित्र नदिजन्य पदार्थ सङ्कलन र उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, बागमती गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, उपाध्यक्ष महिला शसक्तिकरण कार्यक्रम कार्यविधि, गाउँपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, बागमती गाउँपालिका आपतकालिन कार्य सञ्चालन केन्द्र कार्यविधि, बागमती गाउँपालिकाको विपद व्यवस्थापनको सञ्चालन कार्यविधि, बागमती गाउँपालिकाको लैङ्गीक हिंसा निवारण कोष सञ्चालन कार्यविधि पारित गरेको बागमती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँसभाले गाउँपालिकालाई आवश्यक पर्ने कानुन पारित गरेको र अब कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गाउँसभाले पारित गरेको कानुनलाई कार्यान्वयनमा ल्याई सुशासन कायम गर्न आफूहरु क्रियाशिल रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १९ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ ।  हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको

दाङ, १९ फागुन । दाङको बबईमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई

ललितपुर, १९ फागुन । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । बिहान साढे ५ बजेतिर सडक पार

रामेछाप, १९ फागुन । रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021