सरकारको ऐतिहासिक कदम: ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र विस्तार

काठमाडौँ, ११ फागुन । सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ । ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न सरकारले विभिन्न ५ ठूला औद्योगिक क्षेत्रहरूको शिलान्यासलाई अघि बढाएको छ ।

मुलुकभित्र नयाँ औद्योगिक क्षेत्रको पहिचाहन र घोषणा गरिएको झन्डै ५ वर्षपछि सरकारले सुदूरपश्चिम प्रदेशबाट नयाँ औद्योगिक क्षेत्रको शिलान्यास शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सो प्रदेशको कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो । मंगलवार (आज) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् ।

यसैगरी, उनले नै १४ गते शुक्रवार वाग्मती प्रदेशको मकवानपुर जिल्लाको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशको रूपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र १३ गते बिहीवार शिलान्यास गर्ने समयतालिका रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमक क्लीन इन्डस्ट्रियल औद्योगिक पार्कको शिलान्यास पनि प्रधानमन्त्रीबाट नै फागुन १६ गते शिलान्यास गरिँदै छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021