काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् ।
एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा ‘परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अन्ततः परिवर्तन सम्भव भएको छ’ भन्ने क्याप्सनसहित राष्ट्रपति भण्डारी, चर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गरेकी छिन् ।
विश्वका प्रभावशाली महिला र युवतीको शक्तिको प्रशंसा गर्दै उनले परिवर्तनका लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन् ।
