शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, १० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षा प्रणालीमा आमुल परिर्वतन ल्याउनको लागि आवश्यकता रहेको बताएका छन् ।

बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने र यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

नेउनले भने, ‘शिक्षा प्रणालीमा आमुल परिर्वतन ल्याउनको लागि आवश्यकता अनुसार शिक्षा ऐन, २०२८ परिमार्जनको गर्न आवश्यक रहेको छ र त्यसको लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको ।’

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गराउने क्रममा शिक्षामन्त्रीसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा