काठमाडौँ, १० फागुन । विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ७ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ११ करोड ७ लाख ४९ हजार २३ जनामा कोरोना संक्रमण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ४८८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख ५५ हजार १३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ हजार ७५ जनाको मृत्यु भएको छ ।