भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

काठमाडौँ, १० फागुन । पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् । १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसकेका छन् । तर, महाधिवेशन गराउन कुनै चासो र पहल नगरेका शीर्ष नेताहरुले पार्टीभित्रको गुट चलाउन भने एनजिओको सहारा लिएका छन् ।

पूर्वजहरुका नाममा संस्था स्थापना गरेर पार्टीका शीर्ष नेताहरु नै गुट चलाउन सक्रिय छन् । पार्टीका तत्कालीन सभापतिहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि मंगलादेवी सिंह र नोना कोइरालाका नाममा संस्थाहरु स्थापना भएका छन् । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका नाममा दर्जनभन्दा बढी संस्था स्थापना भएका छन् ।

ती संस्थाहरुले आफूखुसी र आफूअनुकूल कार्यक्रमहरु र विचारहरु बाहिर ल्याइरहेका छन् । केन्द्रीय कार्यालय के कति संस्था स्थापना भएका छन् र तिनले के काम गरिरहेका छन् भन्ने विषयमा अनभिज्ञ छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021