विष्णु बाँस्कोटा फाउण्डेशनद्वारा खोटाङ्गको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ, ९ फागुन । काव्य स्कुल नयाँबानेश्वर तथा निकेल्स फर नेपाल अमेरिकाको सहयोगमा विष्णु बाँस्कोटा फाउण्डेशनले चित्तताल, दोर्पा खोटाङ्गस्थित विद्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकूद सामग्री सहयोग गरेको छ ।

गतवर्षदेखि नै उक्त विद्यालयलाई शैक्षिक सामग्रीको साथै विद्यालयको खानेपानीदेखि भौतिक पुर्वाधार निर्माणको लागि सहयोग गर्दै आएको फाउण्डेशनले कोरोनाको महामारी विचमा पनि सहयोग उपलव्ध गराएको फाउण्डेशनका संस्थापक अध्यक्ष नवराज बाँस्कोटाले बताउनुभयो ।

विद्योदय आधारभूत विद्यालयका प्रतिनिधि दिलिप राईलाई फाउण्डेशनका संस्थापक अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटाले ती शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

फाउण्डेशनले काव्य स्कुल नयाँबानेश्वर तथा निकेल्स फर नेपालको सहयोगमा जनजागृति आधारभूत स्कुल तारुका नुवाकोटलाई विगत १० वर्षदेखि शैक्षिक सामग्रीको साथै विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत उपलव्ध गराउँदै आएको छ भने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क अध्यापन गराउँदै आएको छ ।

फाउण्डेशनले यो वर्षदेखि अन्य सामुदायीक विद्यालयलाई पनि शैक्षिक सहयोग गर्ने फाउण्डेशनका अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित