विष्णु बाँस्कोटा फाउण्डेशनद्वारा खोटाङ्गको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ, ९ फागुन । काव्य स्कुल नयाँबानेश्वर तथा निकेल्स फर नेपाल अमेरिकाको सहयोगमा विष्णु बाँस्कोटा फाउण्डेशनले चित्तताल, दोर्पा खोटाङ्गस्थित विद्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकूद सामग्री सहयोग गरेको छ ।

गतवर्षदेखि नै उक्त विद्यालयलाई शैक्षिक सामग्रीको साथै विद्यालयको खानेपानीदेखि भौतिक पुर्वाधार निर्माणको लागि सहयोग गर्दै आएको फाउण्डेशनले कोरोनाको महामारी विचमा पनि सहयोग उपलव्ध गराएको फाउण्डेशनका संस्थापक अध्यक्ष नवराज बाँस्कोटाले बताउनुभयो ।

विद्योदय आधारभूत विद्यालयका प्रतिनिधि दिलिप राईलाई फाउण्डेशनका संस्थापक अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटाले ती शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

फाउण्डेशनले काव्य स्कुल नयाँबानेश्वर तथा निकेल्स फर नेपालको सहयोगमा जनजागृति आधारभूत स्कुल तारुका नुवाकोटलाई विगत १० वर्षदेखि शैक्षिक सामग्रीको साथै विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत उपलव्ध गराउँदै आएको छ भने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क अध्यापन गराउँदै आएको छ ।

फाउण्डेशनले यो वर्षदेखि अन्य सामुदायीक विद्यालयलाई पनि शैक्षिक सहयोग गर्ने फाउण्डेशनका अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका