शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई कोरोना खोप

काठमाडौँ, ९ फागुन । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् ।

नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरणमै खोप दिने निर्णय गरेको हो । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

यस्तै महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । उस्तै विषयसँग

काठमाडौँ, २९ माघ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि

काठमाडौँ, २९ माघ । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा

काठमाडौँ, २९ माघ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् । मन्त्री चौधरीले