काठमाडौँ, ९ फागुन । विदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको निधन भएको हो । यो सहित २१ देशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।
शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघले जनाएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।