काठमाडौँ, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।