काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ ।
जीवन शाहीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा अभिनेता लामासहित धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ ।
मजोन ओली, रत्न डंगोल, अमुल्य राणा, आशिष प्याकुरेल, निशा तमाङ, बिनोद डंगोल लगायतको पनि अभिनय रहेको छ । रमेश कंडेलको स्वर रहेको गीतमा काली प्रसाद रिजालको शब्द तथा किरण कंडेलको संगीत रहेको छ ।
ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा राम कुमार के सिको छांयाकन तथा डिन्सोन शाहको सम्पादन रहेको छ ।
भिडियो: