म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

एजेन्सी, ९ फागुन । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।

फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट नेपाल टेलिकमले नगद लाभांश प्रस्ताव गरेको छ । प्रतिशेयर ४० रुपैयाँका

काठमाडौँ, १९ फागुन । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई दीर्घकालिन पुनर्स्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन

काठमाडौँ, १९ फागुन । युवाहरुलाई विकास र समृद्धिको लागि देशभित्रै योग्यता र क्षमताको आधारमा स्थापीत गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी अंगालेको राष्ट्रिय

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021