राष्ट्रिय युवा संघको अभियानः ‘सवै जिल्ला–प्रम ओली निकट नेकपाको लालकिल्ला’

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी निर्वाचनमा मुलुकका ७७ वटै जिल्लामा आफ्नो पक्षको लालकिल्ला बनाउने गरी अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो माघ २५–२६ गते बसेको केन्द्रीय कमिटीले गरेको ८ बुँदे निर्णय सार्वजनिक गर्दै आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत जानकारी गराएको छ । चैत्र भित्रमा पाँच लाख युवाहरुलाई संगठित गर्ने महत्वपूर्ण लक्ष्यका साथ अगाडी बढ्ने उद्घोष गरेको संघले प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने भएको छ ।

संघका महासचिव रमेश आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै अध्यक्ष बचनबहादुर सिंहले प्रचण्ड–माधव समूहको सत्तामोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने बताउनुभयो ।

आगामी बैशाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रित हुने जानकारी गराउँदै अध्यक्ष सिंहले सरकारलाई गरिएको घेरावन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने उद्घोष गर्नुभयो । अध्यक्ष सिंहले समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिस्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुन्छ ।’

युवा संघले केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएको छ । उनीहरुका पाखण्ड भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउन साइबर सेनाको युनिट बनाउन लागिएको सिंहले बताउनुभयो ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ- ‘युवा संघ नेपालले युगीन उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्दै संघद्धारा निर्धारित आचारसंहिताभित्र रही एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ साउन । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय

काठमाडौँ, ९ साउन । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल

काठमाडौँ, ८ साउन । निर्वाचन आयोगको आदेशविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतबारे

काठमाडौँ, ८ साउन । थप २ हजार ९ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख