विराटनगर, ८ फागुन । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् ।
आज विराटनगरमा आयोजित आमसभामा नेता नेम्वाङले झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको र देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी समेत गरेका छन ।
सर्वाेच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गरे । उनले भने, ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ ।’