प्रचण्ड-माधव समूह खुमलटारमा दर्ता भएको कम्पनीमात्र : मुख्यमन्त्री राई

विराटनगर, ८ फागुन  । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव नेतृत्वको नेकपालाई खुमलटारमा दर्ता भएको कम्पनी मत्री भएको बताएका ।

विराटनगरमा आज आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्रपति,प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई अपदस्थ गरेर मुलुक कब्जा गर्न खोज्नेहरु कम्पनीमा परिणत भएको आरोप लगाएका हुन ।

उनले भने, ‘खुमलटारमा दर्ता भएको प्रचण्ड-माधव नेपाल र झलनाथ कम्पनीले देशलाई अराजकता र अस्थिरतातर्फ लैजान खोजेकाले चुनावमा जानु परेको हो । हामी यो चुनाव जितेर खुमलटारको कम्पनीलाई तह लगाउछौं ।’

राईले प्रचण्ड-माधव पक्षले पनि नयाँ दल दर्ता गरेर नयाँ चुनाव चिन्हका साथ चुनावको तयारी गरिरहेको दावी समेत राईले गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021