महाकुलुङमा नेपाल टेलिकमको फोरजी सेवा

साेलुखुम्बु, ८ फागुन । साेलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेकाे छ ।

शुक्रवारबाट नेपाल टेलिकमले गुदेलमा फोरजी टावर सञ्चालन गरेसँगै दुर्गम क्षेत्र मानिएकाे महाकुलुङ फोरजीकाे पहुँचमा पुगेको हो । 

यसअघि टेलिफोन नेटवर्कले समेत राम्ररी काम नगर्दा स्थानीयवासी सञ्चार पहुँचबाट टाढा हुनुपरेको थियो । इन्टरनेटको फोरजी पहुँचमा पुगेसँगै पालिकावासी खुसी भएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर महाकुलुङ क्षेत्रमा फोरजी सेवा सुरु गरिएकाे भए पनि औपचारिक उद्घाटन हुन बाँकी रहेको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६