भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार

काठमाडौँ, ८ फागुन । भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ । 

अघिल्लो वर्ष २०७६/०७७ को यही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो । अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो तथ्यांकले कोभिड—१९ को महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ । कोभिड महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो ।

पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत पुससम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । आयात पुरानै लयमा फर्किंदै गर्दा व्यापार घाटा भने बढ्ने क्रम सुरु भएको छ । पहिलो ६ महिनासम्म आयात दर घट्दो र निर्यात दर बढ्दो भएर व्यापार घाटा सुधारोन्मुख अवस्थामा भए पनि पछिल्लो सातौं महिनाको आयात दर वृद्धि भएर व्यापार घाटा बढ्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)