सङ्क्रमणकालीन न्यायको समाधान खोज्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौँ, ७ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायका लागि शान्ति सम्झौताको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्चको फैसला, पीडितहरूको भावना र राजनीतिक यर्थाथतालाई ध्यानमा राखी समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ को विमोचन समारोहमा पीडितको सहज जीवन यापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर समाधान खोज्न उहाँले आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले संविधान र कानूनबाट मानव अधिकारको जबसम्म सुनिश्चितता हुँदैन तबसम्म मानव अधिकारको कार्यान्वयनमा सफलता हासिल गर्न सकिँदैन भन्ने उल्लेख गर्दै नेपालमा साधन स्रोतको अभाव भए पनि मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

इन्सेकको अभिलेखअनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पाँच हजार ५४३ जना पीडित छन् । मानव अधिकार उल्लङ्घनका घटनामा ५८ जना महिला र ६१७ जना पुरुष गरी जम्मा ६७५ जना तथा ज्यादतीका घटनामा चारहजार २७१ महिला, ५९५ पुरुष, एक तेस्रो लिङ्गी र एक नखुलेकोसहित जम्मा चार हजार ८६८ जना पीडित भएको उल्लेख छ । यो सङ्ख्या गत वर्षभन्दा एक हजार ९९ जनाले कमी हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।