साउथ फिल्म गर्ने बिषयमा संझौता भएको छैन: स्वस्तिमा

काठमाडौँ, ७ फागुन । नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ ।

तर, नायिका खड्काले पनि यो चलचित्रमा काम गर्ने पक्का भैनसकेको बताएकी छिन् । उनले भनिन्–‘मैले, चलचित्रको टिमसँग एक चरणमा कुरा गरेको छु । तर, चलचित्रको बिषयमा गहिरो कुरा भएको छैन ।’

स्वस्तिमाले आगामी दिनमा फेरि कुराकानी भएपछि चलचित्र गर्ने वा नगर्ने निर्णय गर्ने बताइन् । उनले भनिन्–‘हाम्रो पहिलो भेट परिचयात्मक रुपमा थियो । किन र केका लागि भेटिएको हो, मेरो भूमिका के हो भन्ने केही पनि कुरा भएको छैन । यसैले पनि मैले कुर्न निर्णय गरिसकेकी छैनँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसले शुक्रबारका लागी संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्

काठमाडौँ, १९ फागुन । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई

काठमाडौँ, १९ फागुन । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021