चुनाव हुन्छ-हुन्छ : सभापति देउवा

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने बताउदै तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले अदालतको निर्णय कुर्नुपर्ने नुवाकोटमा शुक्रबार देउवाले बताए । पार्टीका नेताहरूले चुनाव हुँदैन भनिरहेको उल्लेख गर्दै उनले अदालतले पुनर्स्थापनाको निर्णय नगरे चुनाव हुने बताए ।

उनले भने, ‘चुनाव हुन्छ हुन्छ, ‘ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ?’ चुनावका लागि तयार भएर बस्न देउवाले निर्देशन दिएका छन् । ‘संविधानको व्याख्या गर्ने अदालतले हो। अदालतबाहेक अरू कोही छ यहाँ?, ‘देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो । अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं ।’

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिए स्वीकार गरेर जाने उनले बताए। तर पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने देउवाको भनाइ छ । ‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने? कि चुनावमा जानुपर्‍यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि ।’ उनले प्रतिनिधि सभा विघटन भएमा छ महिनाभित्र चुनाव हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021